सभामुख र उपसभामुखद्वारा संसद् भवन निरीक्षण

सभामुख र उपसभामुखद्वारा संसद् भवन निरीक्षण

खबर जुम
1 Min Read

जुम नेपाल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौँ। प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे तथा उपसभामुख इन्दिरा रानाले गत भदौ २३ र २४ गतेको ‘जेनजी’ प्रदर्शनका क्रममा आगलागी भएको नयाँ बानेश्वरस्थित संसद् भवनको आज निरीक्षण गर्नु भएको छ ।
निरीक्षण पश्चात् सञ्चारकर्मीसँग सभामुख घिमिरेले जनधनको क्षति हुने घटना भएकामा दुःख व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “राज्यलाई सबै नेपाली जनताले उठाउनुपर्छ ।” त्यसैगरी उहाँले अन्तरिम सरकारले वर्तमान समस्या समाधान गरी अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो ।
नेपालको संविधानको धारा ९१ (६) (क) अनुसार प्रतिनिधिसभा विघटन भएको अवस्थामा आफ्नो पदमा बहाल रहेका प्रतिनिधि सभाको सभामुख र उपसभामुख प्रतिनिधि सभाको लागि हुने अर्को निर्वाचनको उम्मेद्वारी दाखिल गर्ने अघिल्लो दिनसम्म पदमा बहाल रहने उल्लेख छ ।
Share This Article

प्रतिक्रिया दिनुहोस