राजविराज (सप्तरी), मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विकास र सुशासनलाई सरकारको प्राथमिकता भएको बताउनुभएको छ ।
सप्तरीको महदेवा गाउँपालिका–५ दुर्गापुरमा आज आयोजित कार्यक्रममा उहाँले युवाहरूलाई नेतृत्वदायी भूमिकामा अघि बढाउनुपर्नेमा जोड दिँदै सङ्घीयताको रक्षा र मजबुतीका लागि प्रदेश सरकार दृढतापूर्वक खडा रहेको बताउनुभयो । उहाँले प्रदेश सरकार सुशासन, विकास र जनकल्याणका कार्यक्रमप्रति प्रतिबद्ध रहेको समेत उल्लेख गर्नुभयो ।
त्यस अवसरमा मुख्यमन्त्री समक्ष स्थानीयवासीले सडक, शिक्षा, स्वास्थ्य, खानेपानीलगायत आधारभूत आवश्यकता र विकास–निर्माणका प्राथमिकतासाथ राखेका थिए ।










