काठमाडौं । थापागाउँस्थित मण्डला थिएटरमा विश्व शान्ति दिवसको अवसरमा दीप प्रज्वलन गरिएको छ ।
थिएटरमा मञ्चनरत नाटक सिरुमारानीको अन्तिम शो सकिएपश्चात् नाट्य समूहको तर्फबाट आयोजित यस कार्यक्रममा दिगो शान्ति स्थापना र ‘जेन–जी’ आन्दोलनका सहिदहरूलाई श्रद्धाञ्जलि अर्पण गरिएको छ ।
सिरुमारानी नाटकको मञ्चनपछि दर्शक र कलाकारहरूले दीप प्रज्वलन गर्दै ऐक्यबद्धता, मेलमिलाप र सहअस्तित्वको सन्देश फैलाएका थिए ।
साँझ ८ बजे सुरु भएको यस कार्यक्रममा एक दीपको उज्यालोमार्फत आशा र विश्व शान्तिको साझा संकल्पलाई आत्मसात् गरिएको छ ।










