आन्तरिक राजस्व कार्यालयको सेवा वाणिज्य सङ्घको कार्यालयबाट

आन्तरिक राजस्व कार्यालयको सेवा वाणिज्य सङ्घको कार्यालयबाट

खबर जुम
1 Min Read

जुम नेपाल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

आन्तरिक राजस्व कार्यालय तुलसीपुरले आफ्नो सेवा आजदेखि सुरु गरेको छ ।

तुलसीपुर उद्योग वाणिज्य सङ्घको कार्यालयबाट सेवा सुरु गरेको हो । सेवाग्राहीको अवस्थालाई मध्यनजर गरी हाललाई करदाता सेवा र राजस्वसम्बन्धी सेवा सञ्चालन गरेको कार्यालयका प्रमुख कर अधिकृत श्रीधर टण्डनले जानकारी दिनुभयो । सो कार्यालय अन्तर्गत दाङ, पूर्वी रुकुम, प्यूठान, रोल्पालगायत जिल्लाका गरी  ३५ हजार बढी करदाताहरु छन् । जेनजी प्रदर्शनका क्रममा कार्यालयका दुईवटा भवन र निवास पूर्ण रुपमा क्षतिग्रस्त छन् ।

दुई गाडी, कार्यालयभित्र रहेका सम्पूर्ण सामग्री जलेर नष्ट भएका छन् । भवनमा बस्न नमिल्ने भनि प्राविधिक टोलीले सुझाव दिएको कार्यालय प्रमुख टण्डनले बताउनुभयो । तत्कालका लागि तुलसीपुर उद्योग वाणिज्य सङ्घले निःशुल्क उपलब्ध गराएको कार्यालयबाट सेवा सुरु गरिएता पनि केही समयपछि भाडाको घरबाट सेवा दिनुपर्ने अवस्था रहेको प्रमुख कर अधिकृत टण्डन बताउनुहुन्छ । जिल्लाका धेरै सरकारी कार्यालयले अझै सेवा सुरु गर्न सकेका छैन् । केही कार्यालयले पाल टाँगेर सेवा सञ्चालन गरेका छन् ।

Share This Article

प्रतिक्रिया दिनुहोस