चर्चित नृत्यंगना सीता सुवेदीको आज बिहान निधन

चर्चित नृत्यंगना सीता सुवेदीको आज बिहान निधन

खबर जुम
1 Min Read

जुम नेपाल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

चर्चित नृत्यंगना सीता सुवेदीको आज बिहान निधन भएको छ। एक खुट्टाले नाँचेर छुट्टै पहिचान बनाउन सफल उनको आज बिहान त्रिवि शिक्षण अस्पतालमा निधन भएको हो।

परिवारका अनुसार सीता ३ महिनादेखि फोक्सोको क्यान्सरले पीडित थिइन्। १ महिनादेखि भेन्टिलेटरमा रहेकी उनको उपचारका क्रममा साढे ६ बजे निधन भएको हो।

चितवन घर भएकी सीतालाई सानैदेखि नाचेर आफूलाई स्थापित गर्ने सपना थियो। तर, १२ वर्षको उमेरमै क्यान्सर लागेपछि एउटा खुट्टा काट्नु परेको थियो।

एसएलसीपछि सीताले एक खुट्टाकै भरमा नृत्यको बाटो रोजिन्। सीताले पहिलो पटक पदमकन्या क्याम्पसको मञ्चमा नृत्य प्रस्तुत गरेकी थिइन्। उनको यो यात्रा देशका विभिन्न मेला, महोत्सव हुँदै विदेशका मञ्चसम्म पुर्‍यायो।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय