चलचित्र ‘बलिदान’को गीत ‘बाङ्गा बाङ्गा’ सार्वजनिक, आदिवासीमाझ देखिए समीर

चलचित्र ‘बलिदान’को गीत ‘बाङ्गा बाङ्गा’ सार्वजनिक, आदिवासीमाझ देखिए समीर

खबर जुम
1 Min Read

जुम नेपाल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं । आगामी सोमबार फूलपातीको दिनदेखि प्रदर्शनमा आउन लागेको बहु प्रतीक्षित नेपाली चलचित्र ‘बलिदान’ को नयाँ गीत ‘बाङ्गा बाङ्गा’ सार्वजनिक गरिएको छ। यस गीतमा सुजन चापागाईँले सङ्गीत तथा सुजन र भुषण खतिवडाले स्वर दिएका छन् भने शब्द हर्क साउदको रहेको छ।

भिडियोमा घना जङ्गलबिचको आदिवासी बस्ती देखाइएको छ, जहाँ आदिवासीहरूबिच अभिनेता समीर भट्टले नृत्य र अभिनय गरेका छन्। भिडियोमा कोरियोग्राफर समेत रहेका सुनिल क्षेत्री र चलचित्रका निर्देशक सन्तोष सेनलाई पनि देख्न सकिन्छ। सेनले चलचित्रमा आदिवासीहरूको मुखियाको भूमिका निर्वाह गरेका छन्।

Share This Article

प्रतिक्रिया दिनुहोस