काठमाडौँ। नेपाली चलचित्र ‘परान’ को पहिलो गीत ‘ओइ भन्दानी बोलेन’ सार्वजनिक गरिएको छ। आइतबार काठमाडौँमा आयोजित कार्यक्रममा रमाइलो खालको नृत्यप्रधान यो गीत रिलिज गरिएको हो।
दसैँको अवसर पारेर सार्वजनिक गरिएको गीत विवाहको परिवेशमा आधारित छ। भिडियोमा फिल्मका प्रमुख कलाकारहरू एउटै फ्रेममा देखिएका छन्। मदनकृष्ण श्रेष्ठ, नीर शाह, पूजा चन्द, महेश त्रिपाठी, केकी अधिकारी, प्रविण खतिवडा, अञ्जना बराइलीलगायत कलाकारहरूले गीतमा नृत्य तथा अभिनय गरेका छन्।
यो गीतलाई प्रमोद खरेल, यमन श्रेष्ठ, रिदम कँडेल, रचना रिमाल र सलिना बि.क.ले स्वर दिएका छन्। गीतका शब्द दीपकप्रसाद आचार्य र अनिश अधिकारीले लेखेका हुन् भने संगीत संयोजन रिदम कंडेलको छ। भिडियोको कोरियोग्राफी सुनिल क्षेत्रीले गरेका छन्।










