क्षतिग्रस्त कार्यालय मर्मतमा प्रदेश सरकारले सहयोग गर्छ : मुख्यमन्त्री पाण्डे

क्षतिग्रस्त कार्यालय मर्मतमा प्रदेश सरकारले सहयोग गर्छ : मुख्यमन्त्री पाण्डे

खबर जुम
1 Min Read

जुम नेपाल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

दमौली (तनहुँ)। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले क्षतिग्रस्त सरकारी कार्यालय मर्मतमा प्रदेश सरकारले सहयोग गर्ने बताउनुभएको छ ।
जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते तोडफोड र आगजनी भएका तनहुँका कार्यालयको आज निरीक्षणपश्चात् मुख्यमन्त्री पाण्डेले कार्यालयको मर्मत र पुनर्निर्माणमा प्रदेश सरकारले सबैसँग सहकार्य र समन्वय गर्ने बताउनुभयो ।
मुख्यमन्त्री पाण्डेले कार्यालयको हालको सेवा प्रवाहको अवस्था, नागरिकले भोग्नुपरेका सास्ती, सेवा प्रवाहमा भएका समस्यालगायत बारेमा सम्बन्धित कार्यालयका प्रमुखसँग छलफल गर्नुभएको थियो ।
मुख्यमन्त्री पाण्डेले जिल्ला प्रशासन कार्यालय तनहुँ, जिल्ला अदालत तनहुँ, जिल्ला समन्वय समिति, सरकारी वकिलको कार्यालय, डिभिजन वन कार्यालय, व्यास नगरपालिकाको निरीक्षण गर्नुभएको थियो ।
प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले कठिन परिस्थितिका बाबजुद पनि कार्यालयले सेवा प्रवाह सुरु गरेको जानकारी गराउनुभयो ।
Share This Article

प्रतिक्रिया दिनुहोस