‘बलिदान’ भन्दा ५४ लाखले मात्र पछाडी पर्यो ‘हरिबहादुरको जुत्ता’

‘बलिदान’ भन्दा ५४ लाखले मात्र पछाडी पर्यो ‘हरिबहादुरको जुत्ता’

खबर जुम
1 Min Read

जुम नेपाल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं । चलचित्र विकास बोर्डले प्रदर्शनरत तीन फिल्म ‘बलिदान’, ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’को बक्स अफिस रिपोर्ट सार्वजनिक गरेको छ ।

असोज १३ गतेदेखि असोज २० गते मध्यरातसम्मको बक्स अफिस विवरणअनुसार सर्वाधिक कमाइ ‘बलिदान’ले गरेको छ। उक्त फिल्मले ३ करोड ७५ लाख ५३ हजार २५१ रुपैयाँ कलेक्सन गरेको छ।

यसैगरी ‘हरिबहादुरको जुत्ता’ले ३ करोड २१ लाख ७० हजार १६० रुपैयाँ कलेक्सन गरेको छ भने ‘माइतीघर’ले २ करोड १३ लाख ६४ हजार ६९२ रुपैयाँ सङ्कलन गरेको बक्स अफिस रिपोर्टमा उल्लेख छ।

फूलपातीदेखि प्रदर्शनमा आएको ‘बलिदान’ मा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मालगायत कलाकारले अभिनय गरेका छन्।

दीपेन्द्रकुमार खनालको निर्देशनमा तयार भएको चलचित्र ‘हरिबहादुरको जुत्ता’ मा अभिनेता हरिवंश आचार्यसँगै स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियङ्का कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेललगायतका कलाकारले अभिनय गरेका छन्।

चलचित्र ‘माइतीघर’ केदार घिमिरे, उपासनासिंह ठकुरी, धीरज मगर, प्रकाश सपुतलगायत कलाकारले अभिनय गरेका छन्।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय