काठमाडौँ । तिहारका लागि भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुन्डु गाउँमा मखमली टिप्न किसानहरू व्यस्त छन् । दसैँ सकिएसँगै यहाँका किसान, गृहिणीलगायत फूल व्यवसायी फूल टिपेर माला उन्न व्यस्त छन् ।
यस क्षेत्रका खेतबारी, करेसाबारी रङ्गिन फूलले छपक्क छोपेको छ भने स्थानीयवासीलाई फूल टिप्ने, माला बनाउने चटारोले छ । यो क्षेत्रका किसानले असार, साउनदेखि नै मखमली फूल टिपेर माला गाँस्न थाल्छन् ।










