प्रेस काउन्सिलले आचारसंहिता अनुगमन प्रभावकारी बनाउने

प्रेस काउन्सिलले आचारसंहिता अनुगमन प्रभावकारी बनाउने

खबर जुम
1 Min Read

जुम नेपाल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौँ। प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता अनुगमनलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ ।
आज काउन्सिलका सदस्य बालकृष्ण अधिकारीको अध्यक्षतामा बसेको बैठकले आचारसंहिता उल्लङ्घनका प्रवृत्ति, उजुरी र स्वअनुगमनलगायत सम्बन्धमा  विभिन्न छ वटा निर्णय गरेको काउन्सिलले जनाएको छ ।
कतिपय मिडियाबाट भ्रामक सूचनाहरू सम्प्रेषण भइरहेको गुनासा आइरहेको र काउन्सिलको अनुगमनबाट त्यस्तो देखिएको ठहर बैठकले गरेको छ । बदलिँदो परिस्थितिसँगै प्रतिनिधिसभा निर्वाचनको मिति तय भएको अवस्थामा थप जिम्मेवार भई आचारसंहिता पालनामा ध्यान दिन पत्रकार र सञ्चारमाध्यमलाई आह्वान गर्ने निर्णय गरेको छ ।
त्यसैगरी आचारसंहिता अनुगमनलाई थप चुस्तदुरुस्त बनाउन काउन्सिलका तीन सदस्यलाई ‘फोकल पर्सन’ तोक्ने र उजुरी तथा गुनासा सुन्ने व्यवस्था गरेको छ । फोकल पर्सनमा टेलिभिजन, एफएम रेडियोतर्फ नकुल अर्याल, छापा माध्यमतर्फ पदमराज जोशी र अनलाइन सञ्चारमाध्यमतर्फ शन्तराम बिडारीलाई तोकिएको छ ।
त्यसैगरी सातै प्रदेशमा आचारसंहिता, मिडिया अनुगमन तथा श्रमजीवी पत्रकार र मिडियाको अवस्था सम्बन्धमा अन्तरक्रिया गर्ने पनि बैठकले निर्णय गरेको छ । गत भदौ ५ देखि असोज ५ सम्म सञ्चार माध्यमबाट सम्प्रेषित सामग्रीको विशेष अनुगमन गर्ने पनि काउन्सिलले निर्णय गरेको छ । जसका लागि सदस्य बालकृष्ण अधिकारीको संयोजकत्वमा विज्ञसहितको कार्यदल गठन गर्ने जनाइएको छ ।
Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय