सहकारी ठगी : गृहमन्त्री लामिछानेविरुद्ध प्रहरीमा पर्‍यो जाहेरी

सहकारी ठगी : गृहमन्त्री लामिछानेविरुद्ध प्रहरीमा पर्‍यो जाहेरी

बिनिता कुवर क्षेत्रि
1 Min Read

जुम नेपाल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं— उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध स्वर्णलक्ष्मी सहकारी ठगी आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दर्ता भएको छ ।

लामिछानेविरुद्ध सिन्धुलीका युवराज पौडेल सफलले हुलाकमार्फत जाहेरी दर्ता गराएका हुन् ।

उक्त जाहेरीमा सहकारी ठगी आरोपमा फरार रहेका गितेन्द्रबाबु राईलाई पनि प्रतिवादी बनाइएको छ ।

काठमाडौंस्थित स्वर्णलक्ष्मी सहकारीबाट गोर्खा मिडिया नेटवर्कको नाममा ६४ करोड रुपैयाँ गैरकानुनी रुपमा कर्जा लिई अपचलन गरेको जाहेरीमा उल्लेख छ ।

जाहेरीमा लामिछाने २०७७ फागुन ११ देखि २०७९ असार १ गतेसम्म गोर्खा मिडिया नेटवर्कको सञ्चालक तथा प्रबन्ध निर्देशकको जिम्मेवारीमा हुँदा स्वर्णलक्ष्मी सहकारीबाट गोर्खा मिडियाको नाममा ६४ करोड गैर कानुनी रुपमा कर्जा लिने कार्यमा संलग्न रहेको उल्लेख छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस