मेटाका प्रतिनिधि वार्ताका लागि नेपालमा, होला त दर्ता?

मेटाका प्रतिनिधि वार्ताका लागि नेपालमा, होला त दर्ता?

बिनिता कुवर क्षेत्रि
1 Min Read

जुम नेपाल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं : सरकारले सामाजिक सञ्जाल कम्पनीहरूलाई नियमन गर्दै औपचारिक रूपमा दर्ता गर्न दबाब बढाएसँगै मेटा प्लेटफर्मले आफ्ना प्रतिनिधिहरू नेपाल पठाएको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जाल प्लेटफर्मलाई नेपालमा चल्न नदिनेगरी नेपालमा दर्ता गर्न अप्रिल १५ सम्मको समय दिएको थियो।

त्यसका लागि मन्त्रालयका अधिकारीहरूले मेटाले सिंगापुर कार्यालयका वरिष्ठ अधिकारीहरूलाई छलफलका लागि आफ्ना प्रतिनिधि काठमाडौं पठाएको हो।

सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङका सहयोगी विक्रम न्यौपानेका अनुसार मेटाका सार्वजनिक नीति प्रबन्धक तथा एसिया प्रशान्त क्षेत्रका लागि सम्पर्क अधिकृत रुजान सरवारले बिहीबार सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङलाई भेट्नेछन्।

‘मन्त्रालयको निरन्तर प्रयासपछि, मेटा अन्ततः वार्ता गर्न सहमत भएको छ। अन्य कम्पनीहरू पनि हामीसँग सम्पर्कमा छन्’, न्यौपानेले भनेका छन्।

हालसम्म तीन प्लेटफर्महरू (टिकटक, भाइबर र विच्याट) मात्र नेपालमा दर्ता भएका छन्। नेपालमा सबैभन्दा धेरै प्रयोग फेसबुक र मेसेन्जर प्रयोग हुने गरेको छ। तर यो दर्ता हुन सकिरहेको थिएन।

मन्त्री गुरुङले सार्वजनिक रूपमा दर्ता नगर्ने कम्पनीहरूलाई नेपालमा सञ्चालन गर्नबाट रोक लगाइने चेतावनीसमेत दिँदै आएका छन्।

Share This Article

प्रतिक्रिया दिनुहोस