नागरिक एपमा अब निजी सेवा पनि समावेश

नागरिक एपमा अब निजी सेवा पनि समावेश

बिनिता कुवर क्षेत्रि
1 Min Read

जुम नेपाल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं : अब निजी क्षेत्रले प्रदान गर्ने सार्वजनिक प्रकृतिका सेवा पनि नागरिक एपमार्फत प्राप्त गर्न सकिने भएको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जारी गरेको नागरिक एप (सञ्चालन तथा व्यवस्थापन) दिग्दर्शन, २०८२ मा यस्तो व्यवस्था गरिएको हो।

दिग्दर्शनअनुसार सरकारी निकायसँगै निजी संस्थाले पनि सूचना प्रविधि विभागमार्फत अनुरोध गरी एपमा सेवा समावेश गराउन सक्नेछन्। स्वीकृति पाएका निकायसँग एपको अन्तरआवद्धता कायम गरिनेछ।

एप प्रयोगका लागि प्रयोगकर्ताले आफ्नै नाममा रहेको सिम प्रयोग गरी ओटीपी माध्यमबाट दर्ता हुनुपर्नेछ। प्रणालीले टेलिकमको केवाईसी विवरणसँग मिलाएर पहिचान प्रमाणित गर्नेछ।

मन्त्रालयले एप सञ्चालन, समन्वय र मूल्यांकनको जिम्मेवारी पाउनेछ भने सेवा सुरक्षादेखि गोपनीयता र कानुन पालना गर्नुपर्ने मापदण्ड पनि तोकिएको छ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय