तीन महिनामा टिकटकले हटायो १४ लाख ७६ हजार भिडियो

तीन महिनामा टिकटकले हटायो १४ लाख ७६ हजार भिडियो

बिनिता कुवर क्षेत्रि
1 Min Read

जुम नेपाल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं : टिकटकले नीति उल्लङ्घन गरेको भन्दै सन् २०२४ को चौथो त्रैमासिकमा नेपालका १४ लाख ७६ हजार ८६२ भिडिओ हटाएको छ।

कम्युनिटी गाइडलाइन पालना गराउन कन्टेन्ट मोडरेसन टुल र हजारौं ट्रस्ट एन्ड सेफ्टी प्रोफेसनलले काम गरेको कम्पनीले जनाएको छ। सरकारको निर्देशनमा हटाइएका भिडिओको तथ्याङ्क भने उपलब्ध छैन।

टिकटकले नेपालमा सुरक्षा टोली विस्तार गर्दै स्थानीय आवश्यकताअनुसार काम गरिरहेको बताएको छ।

“नेपालमा टिकटक कम्युनिटी बढ्दै जाँदा हाम्रो सुरक्षा प्रतिबद्धता पनि बलियो भएको छ,” कम्पनीले भनेको छ।

विश्वास तथा सुरक्षा टोलीले अपमानजनक, धार्मिक-सांस्कृतिक रूपमा संवेदनशील र असान्दर्भिक सामग्री हटाउने गरेको छ।

प्लेटफर्मलाई सुरक्षित बनाउन टिकटकले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग डिजिटल सेफ्टी समिट आयोजना गरेको छ, जसले अनलाइन सुरक्षा र डिजिटल साक्षरता प्रवर्द्धन गर्न अभिभावक, शिक्षक र विद्यार्थीलाई तालिम दिने लक्ष्य राखेको छ।

साना–मझौला व्यवसायका लागि #GrowWithTikTok मास्टरक्लास र अनलाइन दुर्व्यवहारविरुद्ध सचेतना फैलाउन नेपाली क्रियटर तथा सेलिब्रेटीसँग सेफ्टी एम्बेसडर कार्यक्रम सञ्चालन गरिएको छ।

टिकटकले नेपाली प्रतिभालाई प्रोत्साहन गर्दै रचनात्मक प्लेटफर्म बनाउन सक्रिय रहेको जनाएको छ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय