नागरिक एपमा १०० सरकारी सेवा थपिँदै

नागरिक एपमा १०० सरकारी सेवा थपिँदै

बिनिता कुवर क्षेत्रि
1 Min Read

जुम नेपाल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले यसै वर्ष नागरिक एपमा १०० भन्दा बढी सरकारी सेवा थपिने जानकारी दिएका छन्।

आठौं राष्ट्रिय सञ्चार तथा सूचना प्रविधि दिवसको अवसरमा शुक्रबार शुभकामना सन्देश दिँदै मन्त्री गुरुङले नागरिकलाई आवश्यक सेवा एकीकृत रूपमा उपलब्ध गराउने उद्देश्यले नागरिक एपमा सेवा विस्तार गर्न लागिएको उल्लेख गरे।

उनका अनुसार हाल ३५ सरकारी निकायका ६५ भन्दा बढी सेवा नागरिक एपमा आबद्ध गरिसकिएको छ।

‘सबै मन्त्रालय अन्तर्गतका उच्च प्राथमिकताका १०० भन्दा बढी सेवाहरू यसै वर्षभित्र नागरिक एपमा आबद्ध गर्ने योजनाका साथ कार्य अगाडि बढिरहेको छ’, मन्त्री गुरुङले भने।

उनले डिजिटल नेपाल निर्माणलाई सरकारले उच्च प्राथमिकतामा राखेको र यसका लागि आवश्यक पूर्वाधार विकास र नीतिगत सुधारका कार्यहरू तीव्र गतिमा भइरहेको बताए।

सूचना प्रविधिको विकाससँगै नेपाल पनि सूचना प्रविधिको युगमा प्रवेश गरिरहेको र यसले नेपालीहरूको जीवनशैलीमा समेत परिवर्तन ल्याएको उनको भनाइ छ।

Share This Article

प्रतिक्रिया दिनुहोस