पाकिस्तानका एक हजार सीसीटिभी क्यामेरा भारतीय ह्याकरको नियन्त्रणमा

पाकिस्तानका एक हजार सीसीटिभी क्यामेरा भारतीय ह्याकरको नियन्त्रणमा

बिनिता कुवर क्षेत्रि
1 Min Read

जुम नेपाल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

एजेन्सी : भारत र पाकिस्तानका ह्याकिङ समूहबीच साइबर द्वन्द्व चर्किँदै गएको छ।

पाकिस्तानी समूह पाकिस्तान साइबर फोर्सले भारतको मिलिटरी इन्जिनियरिङ सर्भिसेस (एमईएस), रक्षा अनुसन्धान संस्था (एमपी-आईडीएसए)को वेबसाइट ह्याक गरेको दाबी गरेपछि भारतीय समूह प्रतिकार उत्रिएको इन्डिया हेराल्डले लेखेको छ।

‘इन्डियन साइबर फोर्स’ नामको समूहले पाकिस्तानका एक हजारभन्दा बढी सीसीटिभी क्यामेरा नियन्त्रणमा लिएको दाबी गरेको छ।

समूहले सामाजिक सञ्जाल एक्स र टेलिग्राममा लेख्दै भनेको छ, ‘पाकिस्तानको सर्भिलेन्स प्रणाली हाम्रो नियन्त्रणमा आएको छ।’

ह्याक गरिएका क्यामेरा पाकिस्तानका सरकारी कार्यालय, उद्योग क्षेत्र, विद्यालय, निजी कम्पनी, बैंक र एटीएमहरूमा जडान गरिएको बताइएको छ। उनीहरूले सर्भिलेन्स भिडिओको एउटा क्लिपसमेत सार्वजनिक गरेका छन्।

यही समूहले पाकिस्तानको इस्लामिया विश्वविद्यालय बहावलपुरका डेढ लाख बढी विद्यार्थीहरूको निजी विवरणसमेत लिक गरेको दाबी गरेको छ।

चुहाइएको ३८.२ एमबी डेटा फाइलमा नाम, राष्ट्रिय परिचयपत्र नम्बर, फोन नम्बर, ईमेल, पासवर्ड, ठेगाना, भुक्तानी र शुल्कसम्बन्धी विवरण समावेश भएको इन्डिया हेराल्डले जनाएको छ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय